
मन्त्री र राज्यमन्त्रीका लागि १० जनाको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई टिपाएर जनता समाजवादी पार्टीका नेताहरू बालुवाटारबाट बाहिरिएका छन् ।
जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झासहितका नेताहरू दिउँसो १ बजेदेखि बालुवाटारमा थिए ।
तीन घण्टा लामो छलफलपछि मन्त्रालय र मन्त्रीको नामसहितको सूची प्रधानमन्त्री ओलीलाई बुझाइएको जसपाका एक नेताले बताए।
आज साँझ ६ बजे शपथ गराउने तयारी गरिएको भएको ती नेताले बताए ।