२८ जेठ २०८३, बिहीबार

संवैधानिक आयोगको निर्णय मान्दिन भन्नु एमालेको ‘दादागिरी’

कात्तिक २०, २०७४
संवैधानिक आयोगको निर्णय मान्दिन भन्नु एमालेको ‘दादागिरी’

काठमाडौं २० जेठ– चितवनको भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयप्रति सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया सार्वजनिक भएका छन् ।

९० वटा मत्रपत्र च्यातिएको ठाउमा पुनः मतगणना गराउने आयोगको निर्णयको सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा विरोध भएको छ । यसरी अन्तिम चरणमा पुगेको मतगणमा स्थगित गरेर पुनः मतदान गर्ने आयोगको निर्णयले गलत नजीर बस्ने भन्दै विरोध जनाएका छन् ।

नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले भने संवैधानिक आयोगको निर्णय अस्वीकार गछौं भन्ने एमालेको निर्णय गलत भएको बताए । आयोगको निर्णयलाई चुनौती दिनेकुरा एमालेको दादागिरी भएको उनले बताए ।

‘संवैधानिक आयोगको निर्णयमा हस्तक्षेप नगर्ने भनेर संविधानमै लेखेकै छौं, अहिले आएर आयोगको निर्णय मान्दिन भन्न मिल्छ ?’ खतिवडाले लोकान्तरसँग भने, ‘यस्तो भएपछि संवैधानिक आयोगले कसरी काम गर्न सक्छन ? यो संविधान असफल बनाउने खेल हो ।’

खतिवडाले मतपत्र च्यात्ने काम गलत भएको र मतपत्र च्यात्नेमाथि कारबाही हुनुपर्ने माग गरे । ‘मतपत्र च्यातिएको घटना निन्दनीय छ, उनीहरुलाई कारबाही गर्नुपर्छ, तर आयोगलाई यो गर यो नगर भनेर दलले निर्देशन गर्न मिल्दैन,’ खतिवडाले भने, ‘आयोगको निर्णयलाई लिएर संसद बैठक अबरुद्ध गर्ने कुरा संवैधानिक आयोगको स्वतन्त्रता माथिको हस्तक्षेप हो ।’

salt training

कमेन्ट गर्नुहोस्