२६ असार २०८३, शुक्रबार

खोसियो प्रेम आलेको वन मन्त्री पद

खोसियो प्रेम आलेको वन मन्त्री पद

जनता समाजवादी पार्टी  (जसपा)का १० नेताले आज साँझ ६ बजे मन्त्री पदको शपथ लिने भएका छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले ८ मन्त्री र दुई राज्यमन्त्रीको नामसहितको सूची प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)ले पाउने ८ मन्त्रालय टुंगिएसँगै तीन मन्त्री मन्त्रालयविहीन भएका छन् । महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फेको मन्त्रालय खोसिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरुबीच शुक्रबार भएको छलफलमा ८ मन्त्रालय टुंगिएको थियो। जसअनुसार जसपाले शहरी विकास, उर्जा, खानेपानी, भूमि व्यवस्था, श्रम, युवा तथा खेलकुद, महिला बालबालिका र वन मन्त्रालय पाएको छ ।

मन्त्री पद खोसिएकाहरुले पुन; अन्य मन्त्रालय पाउछन् कि पाउँदैनन् टुंगो छैन।
 

salt training

कमेन्ट गर्नुहोस्