३२ असार २०८३, बिहीबार

बलात्कारको आरोपमा ४ जनालाई थुनामा राख्न अदालतको आदेश

जेठ २१, २०७८
बलात्कारको आरोपमा ४ जनालाई थुनामा राख्न अदालतको आदेश
प्रतिकात्मक तस्वीर

बागलुङ नगरपालिका–४ की १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ४ जनालाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

अदालतका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीको इजलाशले ४ जना पुरुषलाई कारागारमा र १ जना १५ वर्षीया बालिकालाई सुधार गृहमा राख्न आदेश दिएको हो ।

उनीहरूले गत वैशाख २३ गते राति उपल्लाचौरमा ती किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ । किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

प्रहरीका अनुसार बागलुङ सो वडाका ३५ वर्षीया राजेन्द्र सुवेदी उपाध्याय, सोही ठाउँका ३६ वर्षीय गिरिजा भन्ने राजु कँडेल, ३२ वर्षीय दिनेश घर्ती क्षेत्री र २५ वर्षीय गोकुल पुनलाई पुर्पक्षका लागि कारागार पठाइएको हो ।

बागलुङ नगरपालिका–३ घर भएकी १५ वर्षीया बालिकालाई सुधार गृहमा राख्न अदालतले आदेश दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्