
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल पुनर्गठन गरेसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेलसहितका मन्त्री आउट भएका छन् ।
ओली सरकारबाट बिदा हुनेमा प्रदीप कुमार ज्ञवाली (परराष्ट्र), हृदयेश त्रिपाठी (स्वास्थ्य), भानुभक्त ढकाल (पर्यटन), पद्माकुमारी अर्याल( कृषि), पार्वत गुरुङ (सञ्चार), गणेशसिंह ठगुन्ना (संघीय मामिला), प्रेम आले (बन), जुली कुमारी महतो (महिला बालबालिका) रहेका छन् ।
राज्यमन्त्रीहरु नवराज रावत, रामवीर मानन्धर र विमला विक पनि ओली सरकारबाट आउट भएका छन् ।