
पूर्व विश्व नम्बर एक अमेरिकी खेलाडी सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेकी छिन् ।
पेरिसमा शुक्रवार राति भएको खेलमा आफ्नै देशकी डानिले कोलिन्सलाई हराएर सेरेनाले चौंथो चरणमा स्थान पक्का गरेकी हुन् ।
३९ वर्षीय सेरेनाले कोलिन्सलाई ६-६ र ६-४ ले पराजित गरिन् ।
सातौं वरीयता प्राप्त सेरेनाले अब काजकिस्तानकी एलिना रेबिकासँग खेल्ने छिन् ।