०६ साउन २०८३, बुधबार

दक्षिण कोरियाली सरकारद्वारा नेपाललाई आरटी-पीसीआर परीक्षण किट दुई लाख अमेरिकी डलर बराबरको सहयोग हस्तान्तरण

दक्षिण कोरियाली सरकारद्वारा नेपाललाई आरटी-पीसीआर परीक्षण किट दुई लाख अमेरिकी डलर बराबरको सहयोग हस्तान्तरण

गणतन्त्रकोरियाली सरकारले हालको कोरोना महामारी नियन्त्रणमा सहयोग पुर्याउनका लागि अन्र्तराष्ट्रिय विकास साझेदार संस्था कोइका मार्फत २ लाख अमेरिकी डलर बराबरको पूर्ण क्षमताको कोरोना परीक्षण किट शुक्रबार  नेपाललाई हस्तान्तरण गरेको छ ।

उक्त संख्याको परीक्षण किटबाट १७,७६०जनाको पि.सि.आर परीक्षण गर्न सकिने छ ।

नेपालमाअवस्थित दक्षिण कोरियाली राजदूत पार्क छङसुकले उक्त समाग्री नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा स्वास्थ्य समन्वय विभाग प्रमुख डा. रोशन पोखरेललाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरे । उक्त पि.सि.आर सामाग्रीमानमुना संकलन गर्न, स्थानान्तरण गर्न र स्थिर परीक्षणगर्नका लागि आवश्यक विभिन्न ३ प्रकारका किटहरु उपलव्ध छ । 

यस अवसरमा डा रोशन पोखरेलले महामारीको समयमा नेपाललाई निरन्तर सहयोग उपलव्ध गराएकोमा गणतन्त्र कोरियाली सरकार प्रति आभार व्यक्त गरे । 

उक्त सामग्री हस्तान्तरण गर्दै नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क छङसुकले यस सहयोगले नेपालमा चलिरहेको कोरोनाको दोश्रो लहर नियन्त्रणका लागि आवस्यक ठूलो संख्याको परीक्षणमा टेवा पुग्ने धारण व्यक्त गरे ।

हस्तान्तरण कार्यक्रममा अन्तर्रा्ष्ट्रिय विकास साझेदार नियोग कोइका नेपाल प्रमुख खो सङ हुनले नेपालको महामारी नियन्त्रणका लागि कोइका मार्फत नेपाल सरकारलाई निरन्तर सहयोग जारी राख्ने धारणा व्यक्त गरे ।

त्यसैगरी अन्तर्रा्ष्ट्रिय विकास साझेदार नियोग कोइका मार्फत ३७८ थान अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराउने प्रक्रिया अगाडी बढाएको र उक्त सामग्री नेपाल सरकार स्वास्थ्यतथा जनसंख्या मन्त्रालयलाई यही जुलाई वा अगष्टसम्म हस्तान्तरण गर्ने योजना रहेको छ । यस उपकरणले गम्भिर प्रकृतिका विरामीका लागि ठूलो सहयोग पुग्ने छ । 

कोरियाली सरकारले कोरोना माहामारी विरुद्ध लड्नका लागि सन् २०२० मा ४०,००० थान पिस.सी.आर पूर्ण सेट नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उपलव्ध गराएको थियो भने कोइका मार्फत ७५,००० अमेरिकी डलर बराबरको (पिपिई, ग्लोब्स, मास्क, स्यानिटाइजर ईत्यादी) सामग्री नेपालका विभिन्न अस्पतालमा उपलव्ध गराइसकेको छ ।

कोरिया सरकारले नेपालका विभिन्न प्राकृतिक विपत्ति महाभूकम्प, बाढी पहिरो जस्ता असहज अवस्थामा सहयोग गर्दै आएको र हाल नेपालको अनुदान रकम पनि क्रमिक रुपमा बढाउँदै गएको छ ।

कमेन्ट गर्नुहोस्