
कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाइएको समयमा राष्ट्रको स्वास्थ्य, सुरक्षा तथा अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधनहरुलाई सिप्रदीले सेवा पुर्याउदै आइरहेको छ ।
हालसम्म खाद्यान्न, तरकारी, ग्याँस, पानी, वित्तीय कारोबारमा संलग्नित, फोहोर व्यवस्थापन, सुरक्षा तथा आकस्मिक स्वास्थ्य सेवामा खटिएका २४०० वटा भन्दा बढी सवारीसाधनहरूलाई पूर्ण सेवा प्रदान गर्दै आईरहेको कम्पनिले जनाएको छ ।
आफ्ना ग्राहक, कर्मचारी, डिलर, रिटेलर, प्राविधिक र समुदायको सुरक्षाका निम्ति सदैव सजग रहदैं आएको र जस्तोसुकै विषम परिस्थितिमा सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरुप सेवा प्रदान गर्न तत्पर रहेको कम्पनिले जनाएको छ ।
नेपाल सरकारद्वारा जारी गरिएका स्वास्थ्य र सुरक्षा सम्बन्धी सम्पूर्ण नियम पालना गरी कम्पनिले आधिकारीक बिक्रेता, सेवा केन्द्रहरु, सहकर्मी तथा कर्मचारीहरु को अथक साथले २४ सै घण्टा अग्रभागमा खटिरहनु भएका राष्ट्रका सेवकहरूलाई सेवा दिन तयार रहेको पनि जानकारी गराएको छ ।
यसको साथै यस विषम परिस्थितिमा सिप्रदीले २४ विभिन्न स्थानबाट सेवाका लागि डेडिकेटेड अधिकारीहरू परिचालित गरेको र कुनै पनि ठाउँमा गाडी मर्मत, पार्टपुर्जा, इन्जिन आयल वा ब्याट्री सम्बन्धि सेवा चाहिएमा सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ सम्पर्क गर्न अनुरोध गरेको छ ।