२३ जेठ २०८३, शनिबार

एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक फरार

कात्तिक २०, २०७४
एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक फरार

दोलखा, २० जेठ - वैत्यस्वर गाउँपालिकामा सडक निर्माणको क्रममा एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

सडक निर्माणको क्रममा आज एक्साभेटर भिरबाट करिब दुई सय मिटर तल तामाकोसी नदीमा खस्दा नुवाकोटको विदुर नगरपालिका– ७ का २० वर्षीय सहचालक श्याम राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेमसागर केसीले जानकारी दिनुभयो । वैत्यश्वर गाउँपालिका– ६ नाम्दुमा सडक खन्ने क्रममा सो मेसिन दुर्घटना भएको हो ।

एकता कन्सट्रक्सन प्रालिको बा२क २४९८ नंको सो एक्साभेटरका चालक फरार रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्