२४ असार २०८३, बुधबार

रामहरी खतिवडाले बाँडे १ लाख मास्क सहित ८ लाखको स्वास्थ्य सामाग्री [तस्वीरहरू]

रामहरी खतिवडाले बाँडे १ लाख मास्क सहित ८ लाखको स्वास्थ्य सामाग्री [तस्वीरहरू]

नपाली कांग्रेसका युवा नेता एवं संविधानसभाका पूर्व सदस्य रामहरि खतिवडाले गृहजिल्ला ओखलढुंगाका सबै स्थानीय तह र स्वास्थ्य कार्यालयमा स्वास्थ्य सामाग्री बाँडेका छन् ।

जिल्लाका ८ वटै स्थानीय तहका ७५ वटामा मास्क, स्यानिटाइजर, पीपीई सेट लगायत बाँडेका हुन् । एक लाख थान सर्जिकल मास्क, २ हजार थान केएन ९५ मास्क, ५०० लिटर स्यानिटाइजर र १ सय ५० थान पीपीई वितरण गरेका हुन् ।

‘कोरोना महामारी शुरु भएपछि म नियमित जसो जिल्ला गइरहेको छु, यसपटक ८ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरें,’ खतिवडाले भने । खतिवडाले यसपटक जिल्लामा नेपाली सेनालाई पनि पीपीई लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्