०६ साउन २०८३, बुधबार

गणतन्त्र कोरियाबाट विविध स्वास्थ्य उपकरण प्राप्त

जेठ २२, २०७८
गणतन्त्र कोरियाबाट विविध स्वास्थ्य उपकरण प्राप्त

कोभिड–१९ महामारीविरुद्ध जुधिरहेको नेपाल सरकारलाई गणतन्त्र कोरियाबाट सहायता स्वरूप विविध स्वास्थ्य उपकरण प्राप्त भएका छन् ।

नेपालका लागि कोरियका राजदूत पार्क चोङसुकले शुक्रवार अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको संक्षिप्त कार्यक्रममा १७ हजार ७६० वटा आरटी पिसिआर परीक्षण किट स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई हस्तान्तरण गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कोरिया सरकारले ३७८ अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको र ती उपकरण आगामी महिना काठमाडौं ल्याइने मन्त्रालयले बताएको छ । दोस्रो लहरको कोभिड–१९ महामारी विरुद्धको लडाइँमा डटेको नेपालप्रति ऐक्यबद्धता जनाउँदै महत्त्वपूर्ण स्वास्थ्य उपकरण प्रदान गरेकामा सरकारले गणतन्त्र कोरिया सरकारमा कृतज्ञता ज्ञापन गरेको छ । 

कमेन्ट गर्नुहोस्