×

NMB BANK
NIC ASIA

कौसी खेतीमा काठमाडौंबासी निकै आकर्षित हुँदै गएका छन् । कोरोना भाइरस संक्रमणको महामारीका बेला भएको लकडाउनका समयमा धेरै राजधानीबासीले कौसी खेती शुरू गरेर सफल पनि भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

छिमेकी देश भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी जाँचको विवाद चल्दै गर्दा विज्ञहरूले कौसी खेती गर्न सुझाए । कौसी खेतीबाट न विषादीको डर, न महंगीको मार भन्ने नारा लिएर महिलाहरू आकर्षित भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय सरकारले पनि कौसी खेती गर्नेलाई अनुदान र बिउबिजनको व्यवस्था गर्न थालेको छ । कौसी खेती गमला, प्लास्टिकको बाकेट, थोत्रा बट्टा, बाल्टी, माछाको कार्टुन, पोलिथिन ब्याग र एग्रो ब्याग (रेडिमेड कालो प्लास्टिक थैलो) मा तरकारी वा फलफूल रोपेर गरिने खेती हो ।


Advertisment
Nabil box
Kumari

पछिल्लो समय कौसी खेतीमा माटो, मल र सिँचाइमा नयाँ–नयाँ प्रविधि भित्रिएको छ । कौसीलाई भार नहोस् भनेर कोकोपिड र प्राङ्गरिक मल प्रयोग गर्न थालिएको छ । सिँचाइका लागि थोपा सिँचाइको प्रविधि शुरू भएको छ ।

Vianet communication
Laxmi Bank

झण्डै ७०० स्क्वाएर फिटको कौसी छ भने एक परिवारलाई मनग्यै तरकारी पुग्ने विज्ञहरू बताउँछन् । काठमाडौं उपत्यकामा रहेका छतहरूमा खेती गरिएमा तरकारी आयात ५० कम हुनसक्ने कृषि विज्ञहरू बताउँछन् ।

लामो समय लकडाउन हुँदा फुर्सदको समय सदुपयोग गर्दै धेरै गृहणीले सिकेको कौसी खेती सीपलाई सरकारले पनि प्रोत्साहन स्वरूप उचित तालिमको व्यवस्था गर्दै अनुदान दिन शुरू गरेको छ । समूह–समूह मिलाएर आफ्नो समुदायबाट कौसी खेती कार्य शुरू गरिएको छ । एकले गरेपछि अर्कोले पनि गर्ने हुँदा कौसी खेती फस्टाउँदै गएको देखिन्छ ।  

आफ्नो घरको छत, कौसी र बरण्डामा लेटुस, रोजमेरी, लिक, सेलरी, थाइम, तुलसी, लेमन ग्रास, कुरिलो, पिपिनो, मेलन, भ्यान्टा, खुर्सानी, गोलभेडा, सागल, लसुन, प्याज, काउली, धनियाँ, सिमी, ब्रोकाउली, बन्दा, ड्रागन फ्रूट, सल्गम, मुला, कागती, मुन्तला, सुन्तला, जुनार स्ट्रबेरी, स्वीसचार्ड, भेडे खुर्सानी, घिरौल, भिन्डी, बोडी, काक्रो, गाजर, चुकन्दर लगायतका तरकारी रोपेर करेसाबारीका रूपमा उपयोग गर्न थालिएको छ । कतिले त आफूले खाएर पनि आफन्तलाई कोसेलीका रूपमा आफ्नो कौसीमा फलेको फलफूल तथा तरकारी बाँड्ने गरेका छन् ।

पानी अपुग हुने स्थानमा आकाशबाट परेको पानीलाई एकमुष्ट संकलन गरेर पाइपका माध्यमद्वारा स्वचालित रूपमा बिरुवा–बिरुवामा पानी लगाउने थोपा सिँचाइको प्रविधि पनि कौसी खेतीका लागि उपयुक्त सावित भएको छ । कौसी खेतीकै लागि भनेर विभिन्न परामर्श दिने र तयार गरिदिने विभिन्न निजी स्तरका संघसंस्था पनि राजधानीमा खुलेका छन् ।  

कौसी खेतीमा गड्यौली मल पनि निकै राम्रो मानिएको छ । कैसी खेतीमा पर्याप्त घाम पुग्ने हुँदा कुनै सेब्जिलो होला भन्ने पनि डर हुन्न । भेटेसम्म गाईभैंसीको पिसाबमा पानी मिसाएर बिरुवा हाल्दा झन् छिटो सप्रने कौसी खेती गर्ने अनुभव भएका गृहिणीहरू बताउँछन् । दैनिक भान्सामा प्रयोग हुने मौसमी तरकारी र फलफूल अग्र्यानिक रूपमा आफ्नै घरको कौसीमा फलाउन पाउँदा स्वास्थ्यका हिसाबले पनि ढुक्क हुन सकिने बताइन्छ ।

राजधानीमा फस्टाउँदै गएको कौसी खेती अब बाहिरी जिल्लामा पनि शुरू गर्न थालिएको छ । ताजा र स्वस्थकर तरकारी तथा फलफूल आफ्नै कौसीमा उत्पादन गर्नकै लागि भनेर उचित सल्लाह र तालिमका लागि राजधानी आउने गृहिणीहरू बढेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

मंसिर १६, २०८०

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।  काठमाडौं महानगरभित्र ग...

माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

मंसिर १, २०८०

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...

पुस १३, २०८०

 पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x