२३ जेठ २०८३, शनिबार

ट्रम्पले उल्टो पाइन्ट लगाएछन् ? (भिडियो)

जेठ २४, २०७८
ट्रम्पले उल्टो पाइन्ट लगाएछन् ? (भिडियो)

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले पछाडिको अगाडि गरी उल्टो पाइन्ट लागेको भनी चर्चा चलेको छ । 

उनको पाइन्टको जिप्पर नदेखिएपछि पाइन्ट उल्टो लगाए कि क्या हो भनी चर्चाको विषय बनेको हो । सन् १९९० को दशकमा हिपहप गायक जोडी क्रिस क्रसले यसरी नै पाइन्ट उल्टो लगाउने गर्थे । 

शुक्रवार नर्थ क्यारोलाइनाको ग्रीनभिलमा ट्रम्प जनसभामा सहभागी हुँदाको भिडियो अहिले भाइरल भइरहेको छ । त्यसमा ट्रम्पको पाइन्टमा तिघ्राको भाग खुम्चिएको र जिप्पर पनि नदेखिएको छ । 

भिडियोमा यस्तो देखिएपनि उक्त कार्यक्रममा खिचिएका तस्वीरहरूमा पाइन्टको जिप्पर देखिएको छ । तैपनि ट्रम्प आलोचकहरूलाई यति पाएपछि उनलाई मजाक उडाउने मसला भइगयो । 

‘अरूले यो कुरा याद गरेका छन् तर यसलाई शेयर गर्नैपर्छ । डोनल्ड ट्रम्पले आज उल्टो पाइन्ट लगाएर भाषण दिए । नजिकैबाट हेर्नुस् अनि म गलत छु भन्नुस्,’ न्युयोर्क डेली न्युजका स्तम्भकार ब्रान्डन फ्राइडम्यानले लेखे । 

भिडियो आएपछि अनुमानका खेती पनि खुबै गरिए । एकथरीले ट्रम्पको पाइन्ट इलास्टिकको डोरोले अड्याइएको र त्यसमा टाँक र अगाडिको जिप्पर नरहेको सम्म भने । 
 

salt training

कमेन्ट गर्नुहोस्