३१ जेठ २०८३, आइतबार

पुनर्गठनपछि प्रधानमन्त्री ओलीले पहिलो पटक बोलाए मन्त्रिपरिषद् बैठक

पुनर्गठनपछि प्रधानमन्त्री ओलीले पहिलो पटक बोलाए मन्त्रिपरिषद् बैठक
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार साँझका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे मन्त्रिपरिषद् बैठक राखिएको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।

जसपाका ८ र एमालेका २ मन्त्रीलाई थपेर ओलीले शुक्रवार मन्त्रिपरिषद् विस्तार गरेका थिए । नयाँ मन्त्रीलाई निर्देशनसहित केही निर्णय लिन मन्त्रिपरिषद्को बैठक राखिएको स्रोतले बतायो । 

यसैबीच, प्रधानमन्त्री ओलीले बाँकी रहेका ७ मन्त्रालयमा पनि नयाँ मन्त्री थप गर्ने तयारी गरेका छन् । गृह, सञ्चारसहित ७ मन्त्रालयमा आज–भोलिमै मन्त्री नियुक्त गर्ने गरी छलफल चलिरहेको स्रोतले बतायो । 

salt training

कमेन्ट गर्नुहोस्