२२ जेठ २०८३, शुक्रबार

गोहीको आक्रमणबाट १ जनाको मृत्यु

जेठ २४, २०७८
गोहीको आक्रमणबाट १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

चितवन राष्ट्रिय निकुञ्जको ध्रुवघाट क्षेत्रमा गोहीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३५ वर्षीय छन्नुराम बोटे छन् । 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आइतवार साँझबाट बेपत्ता भएका बोटेको सोमवार बिहान राप्ती नदीमा शव भेटिएको हो ।

राति माछा मार्ने क्रममा गोहीले बोटेलाई आक्रमण गरेको अधिकारीले जानकारी दिए । निकुञ्जमा रातिको समयमा माछा मार्नु अवैध मानिन्छ ।

इजाजत प्राप्त व्यक्तिले तोकिएका साधनको प्रयोग गरेर मात्रै निकुञ्ज क्षेत्रमा माछा मार्न पाइने व्यवस्था छ । 

चालू आर्थिक वर्षको हालसम्म वन्यजन्तुबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १२ व्यक्तिको मृत्यु भएको छ । हात्ती, बाघ र गैंडाले ३/३, गौरीगाई, बँदेल र मगर गोहीबाट १/१ जनाको मृत्यु भएको छ ।

वन्यजन्तुको आक्रमणबाट यो अवधिमा २३ व्यक्ति घाइते भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्