१३ असार २०८३, शनिबार

भारतमा १८ वर्ष माथिकालाई खोप र गरीबलाई तिहारसम्म अन्न निःशुल्क दिने मोदीको घोषणा

जेठ २४, २०७८
भारतमा १८ वर्ष माथिकालाई खोप र गरीबलाई तिहारसम्म अन्न निःशुल्क दिने मोदीको घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १८ वर्षमाथि उमेरका सबै नागरिकलाई निःशुल्क रूपमा कोरोना भाइरस संक्रमण विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेका छन् ।

सोमवार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले खोप लगाउन मिल्ने देशका सबै नागरिकलाई निःशुल्क खोप दिने घोषणा गरे ।

प्रधानमन्त्री मोदीले आगामी तिहारसम्म देशका सबै गरीब नागरिकलाई निःशुल्क अन्न दिने घोषणा समेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्