
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार भेटवार्ता भएको छ । सोमबार राति प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।
एमाले पार्टीभित्रको समस्या, प्रदेशहरुमा बदलिँदो सत्ता समीकरणका साथै ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेको भनिएको बेला भेटवार्ता भएको हो ।
शीतल निवास स्रोतले भेटवार्तालाई नियमित भएको बताएको बताएको छ ।