३१ जेठ २०८३, आइतबार

बौद्धमा बोरामा शव फेला

बौद्धमा बोरामा शव फेला

राजधानीकाे बौद्धमा मंगलबार बिहान शव फेला परेको छ । महानगरीय प्रहरी वृत बौद्धका अनुसार नयाँबस्तीमा बोरामा शव फेला परेको हो ।

 बोरामा शव फेला परेको स्थानीयले बताएपछि प्रहरी टोली पुगेर अनुसन्धान थालेको  छ ।

 महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । प्रहरीले कसैले हत्या गरेर शव फालेकाे हुनसक्ने आशंका गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्