२१ जेठ २०८३, बिहीबार

भारतको रसायन उद्योगमा आगलागी, १८ जनाको मृत्यु

जेठ २५, २०७८
भारतको रसायन उद्योगमा आगलागी, १८ जनाको मृत्यु

भारतको पुणे शहरमा रहेको एक रसायन उद्योगमा सोमवार आगलागी हुँदा मर्नेको संख्या १८ पुगेको छ । 

दिउँसो पौने ४ बजेतिर लागेको आगोका कारण ३७ जना कामदार भवनभित्र फसेका थिए । 
 

प्रांगणमा धूवाँ आएपछि थुप्रै दमकल त्यतातिर दौडाइएका थिए । मानिसको उद्धार गर्न अग्निनियन्त्रकहरूले भित्ता फोर्नुपरेको थियो । 

आगलागीको कारण निश्चित हुन नसकेको अधिकारीहरूले बताएका छन् ।

कारखाना एसभी आक्वा टेक्नोलोजीजको हो । त्यसले पानी सफा गर्ने क्लोरिन डायोक्साइड बनाउने गरेको छ । 
 

पिरानगुट औद्योगिक क्षेत्रमा रहेको कारखानाका मजदूरहरू त्यतै नजिक बस्ने गर्थे । 

केन्द्र तथा महाराष्ट्र सरकारले पीडितहरूका लागि क्षतिपूर्तिको घोषणा गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्