३१ जेठ २०८३, आइतबार

क्यानडामा मुस्लिम परिवारका चारजनालाई गाडीले किचेर मारे एक व्यक्तिले

जेठ २५, २०७८
क्यानडामा मुस्लिम परिवारका चारजनालाई गाडीले किचेर मारे एक व्यक्तिले

क्यानडाको ओन्टारियोमा पैदल हिँडिरहेका मुस्लिम परिवारका पाँचजनालाई एक व्यक्तिले ट्रकले किचेका छन् । 

घटनामा चारजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते छन् । घाइतेको उपचार चलिरहेको छ । 

परिवार मुसलमान भएकै कारण ती व्यक्तिले तारो बनाएको बताइएको छ । 

परिवारले मृतक तथा घाइतेको नाम नखोल्न प्रहरीसमक्ष अनुरोध गरेको छ । 

हत्याका आरोपित नाथानियल वेल्टम्यानले पीडितहरूलाई पहिलेदेखि नै चिनेको थिएन । उसले इस्लामिक वस्त्र लगाएको परिवार देखेपछि जातिघृणा व्यक्त गर्दै हत्या गरेको हो । 

हत्या गरेर फरार वेल्टम्यानलाई प्रहरीले एउटा मलको पार्किङ क्षेत्रबाट पक्राउ गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्