०९ असार २०८३, मंगलबार

टोक्यो ओलम्पिकमा डेढ लाखभन्दा बढी ढाल बाँडिने, सम्बन्ध राख्न चाहिँ प्रतिबन्ध

जेठ २५, २०७८
टोक्यो ओलम्पिकमा डेढ लाखभन्दा बढी ढाल बाँडिने, सम्बन्ध राख्न चाहिँ प्रतिबन्ध

जापानको राजधानी टोक्योमा हुन गइरहेको ओलम्पिक प्रतियोगितामा खेलाडीहरूलाई १ लाख ६० हजारवटा कन्डम बाँडिने भएको छ । तर कोभिड–१९ का कारण यौन सम्बन्ध राख्न प्रतिबन्ध लगाइएको छ ।

खेलाडीहरूलाई कन्डम बाँड्ने परम्परा ओलम्पिकमा लामो समयदेखि चलिआएको छ । 

यो वर्ष ओलम्पिकमा सहभागी ११ हजार खेलाडीहरूलाई आयोजक कमिटीले यौन सम्पर्क नगर्न आग्रह गरेको छ । 

कोभिड नफैलियोस् भनी यस्तो पूर्वसतर्कता अपनाइएको हो । 

तैपनि परम्परा धान्दै खेलाडीहरूलाई कन्डम बाँडिनेछ । एउटा खेलाडीको भागमा १४ वटा कन्डम पर्नेछ । 
 

ओलम्पिक आयोजक कमिटीले खेलाडीहरूका लागि ३३ पृष्ठको निर्देशक पुस्तिका सार्वजनिक गरेको छ । उनीहरूलाई भौतिक दूरी कायम गर्न र अँगालो हाल्ने तथा हात मिलाउने काम नगर्न भनिएको छ । 

एचआईभी एड्स नसरोस् भनी सन् १९८८ देखि ओलम्पिकमा खेलाडीहरूलाई कन्डम दिने गरिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्