मार्सल भ्यान ऊस्टेन नामक पुरस्कृत नेचर फोटाग्राफरले खिचेको वन्यजन्तुहरूको अनौठो तस्वीर समेटिएको पुस्तक सार्वजनिक भएको छ ।
यी तस्वीरहरूले पाठकलाई प्रकृतिसँग पुनः जोडिन र संरक्षण गर्न प्रेरणा दिने आशा गरिएको छ ।
पुस्तकको नाम 'मदर : ए ट्राइब्युट टु मदर अर्थ' हो ।
ऊस्टेन वाइल्डलाइफ फोटोग्राफर अफ दी ईयर, इन्टरनेसनल नेचर फोटोग्राफर दी ईयर र ट्राभल फोटोग्राफर अफ दी ईयर सबै जित्ने एक मात्र फोटोग्राफर हुन् ।
पुस्तकमा मार्सलले विगत १५ वर्षमा खिचेका २०० भन्दा बढी तस्वीरहरू अटाएका छन् ।