बूढानीलकण्ठ नगरपालिकाले एक हजार ४०९ जनालाई कोरोना भाइरसविरुद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा उपलब्ध गराएको छ ।
नगरपालिका क्षेत्रका ६०–६४ वर्ष उमेर समूहका ७१८ महिला र ६९१ पुरुषलाई आज कोरोना भाइरसविरुद्धको खोप दिइएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।