०४ असार २०८३, बिहीबार

कानपुरमा भयानक दुर्घटना : १७ यात्रुको मृत्यु, मृतक परिवारलाई ६ लाख राहत

जेठ २६, २०७८
कानपुरमा भयानक दुर्घटना : १७ यात्रुको मृत्यु, मृतक परिवारलाई ६ लाख राहत

भारतको उत्तर प्रदेशस्थित कानपुरमा भएको भयानक दुर्घटनामा १७ यात्रुको मृत्यु भएको छ ।

सडकमा यात्रुबस र लोडरबीच ठक्कर लाग्दा बस पल्टिएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर प्रदेश प्रहरीका आईजी मोहित अग्रवालले घटनामा १७ जनाको मृत्यु भएको पुष्टि गरे ।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतक परिवारलाई ३/३ लाख रुपैयाँ राहत सहयोगको घोषणा गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट समेत मृतक परिवारलाई ३/३ लाख रुपैयाँ सहयोग गरिने र घाइतेलाई ८० हजार रुपैयाँ सहयोग गरिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्