१६ असार २०८३, मंगलबार

बाग्मतीको नीति तथा कार्यक्रम भोलि प्रदेश सभामा पेश हुँदै

जेठ २६, २०७८
बाग्मतीको नीति तथा कार्यक्रम भोलि प्रदेश सभामा पेश हुँदै

बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बाग्मती प्रदेश सभाको जेठ २७ गते बिहीवार अपराह्न ३ बजे बस्ने आठौं अधिवेशनमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलवार बसेको  बैठकले सरकारको नीति कार्यक्रमलाई सार्वजनिकीकरण गर्न प्रदेश प्रमुखलाई सिफारिस भएबमोजिम कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

प्रदेश सभाको जेठ १६ र १७ गतेको बैठकमा सरकारको बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताका विषयमा छलफल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्