
धर्मग्रन्थ रामायणमा आधारित भएर बनाइन लागेको चलचित्रमा सीता माताको रूपमा अभिनय गर्न बलिउड अभिनेत्री करीना कपूर खानले १९ करोड रुपैयाँ पारिश्रमिक मागेकी छन् ।
चलचित्रमा करीना सीता माताको भूमिकामा देखिने भएकी छन् । अलौकिक देसाईको चलचित्रमा रामायणलाई सीताको नजरबाट हेरिनेछ ।
सीताको भूमिकाका लागि करीना चलचित्र निर्माताको पहिलो रोजाइमा परेकी छन् । करीनालाई सीताको भूमिकाका लागि १२ करोडसम्म पारिश्रमिक निर्धारण गरिएको भएपनि उनले १९ करोड माग गरेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चलचित्र निर्माणमा करीनाले ८–१० महिनासम्म समय दिनुपर्नेछ ।।
हाल करीनासँग २ चलचित्र रहेका छन् । यी दुवै चलचित्रको काम सकेपछि करीना सीताको भूमिकामा सक्रिय हुने जनाइएको छ ।