०९ असार २०८३, मंगलबार

समाजवाद विरोधी भन्दै उत्तर कोरियाले दियो एकजनालाई मृत्युदण्ड

जेठ २६, २०७८
समाजवाद विरोधी भन्दै उत्तर कोरियाले दियो एकजनालाई मृत्युदण्ड

फिल्म र संगीतको अवैध बिक्री–वितरण गरेको आरोपमा उत्तर कोरियाले एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ । उनलाई समाजवाद विरोधी भएको आरोप लगाइएको छ । वन्सान फार्मिङ म्यानेजमेन्ट कमिसनमा प्रमुख इन्जिनियरका रुपमा कार्यरत लि नाम गरेका व्यक्तिलाई गुप्तचरहरुले पक्राउ परेका थिए ।

उनलाई श्रीमती, छोरी र छोराकै अगाडि गोली हानिएको समाचारमा जनाइएको छ ।
 दक्षिण कोरियाबाट सञ्चालित डेली एनकेका अनुसार यी व्यक्तिबाट दक्षिण कोरियाली फिल्म र संगीतहरु लोड गरिएका डिभाईस बरामद गरिएको थियो ।

‘लिले मृत्युदण्डअघि आफ्नो अपराध स्विकार गरेको बताइएको छ । उनले ५ डलरमा सिडी र १२ डलरमा युएसभी स्टिक्स बेचेको बताएका थिए,’ डेली एनकेले जनाएको छ ।
लिलाई अप्रिलको अन्त्यमा ५ सय व्यक्तिहरु साक्षी राखेर गोली हानेर मारिएको थियो । उनकै परिवारका सदस्यहरु पनि साक्षी थिए ।

गत वर्ष लागु गरिएको ‘एन्टी–रियाक्सनरी थट कानून’ अन्तर्गत समाजवादविरोधी कार्यका लागि दोषी पाइएकाले उनलाई गोली हानिएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्