०९ असार २०८३, मंगलबार

लद्दाख सीमामा गर्जिए चीनका लडाकू विमान

जेठ २६, २०७८
लद्दाख सीमामा गर्जिए चीनका लडाकू विमान

पूर्वी लद्दाखमा चिनियाँ सैनिकहरूले २२ वटा लडाकू विमानका साथ सैन्य अभ्यास गरेका छन् ।

भारतमा रक्षासँग जोडिएका सूत्रहरूले समाचार संस्था एएनआईलाई बताए, ‘पूर्वी लद्दाखमा भारतको सीमापारि चीनका २२ लडाकूले अभ्यास गरेका छन् । मुख्यतया जे–११ लडाकू विमानहरू अभ्यासमा सहभागी छन् । केही जे–१६ विमान पनि अभ्यासमा सहभागी रहे ।’ 

यस अभ्यासलाई भारतले तीखो नजर लगाइरहेको छ । 

चीनले होटन, गार गुन्सा र काशगर समेतका एयरफील्डहरूलाई अप्ग्रेड गरेर यो अभ्यास गरेको हो । भारतसँग सीमाविवादपछि चीनले वास्तविक नियन्त्रण रेखा नजिक सैन्य हवाई अड्डाहरूको स्तरोन्नति गरेको हो । 

कुन हवाई अड्डामा कतिवटा लडाकू विमान छन् भन्ने कुरा लुकाउनका लागि चीनले पक्की संरचनाहरू बनाएको छ । 

सूत्रहरूका अनुसार, चीनले पांगोङ ताल क्षेत्रबाट सैनिकहरूलाई हटाएको भए पनि एचक्यू–९  एचक्यू–१६ जस्ता एयर डिफेन्स सिस्टमलाई हटाएको छैन । ती सिस्टमले लामो दूरीबाट नै कुनै पनि लडाकू विमानलाई तारो बनाउन सक्छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्