१७ असार २०८३, बुधबार

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको द्वन्द्वले कर्मचारी चेपुवामा

जेठ २६, २०७८
गाउँपालिका अध्यक्ष र उपाध्यक्षको द्वन्द्वले कर्मचारी चेपुवामा
प्रतिकात्मक तस्वीर

डोल्पाको मुड्केचुला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच द्वन्द्व बढ्दा काम गर्न मुस्किल भएको छ ।

अहिले कार्यरत प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठले उपाध्यक्ष लगायत नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको मात्र कुरा सुनेर काम गरेको अध्यक्ष पक्षधरको भनाइ छ ।

एमाले मुड्केचुला गाउँपालिकाको बैठकमा समेत प्रमुख प्रशासकीय अधिकृत पुग्ने गरेको, गुटगत भेला गर्दै हिँडेको लगायतका आरोप अध्यक्षले लगाएका छन् ।

यसभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले गरेका काम उल्ट्याउँदै गएको समेत आरोप लगाइएको छ । एमालेको गुटगत बैठकमा आफू सहभागी भएको तर समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नका लागि आफू त्यहाँ गएको अधिकृत श्रेष्ठले स्वीकार गरेका छन् ।

उपाध्यक्षलगायत अन्य जनप्रतिनिधिले विज्ञप्ति प्रकाशित गरी मिडियालाई समेत गाली गर्दै अध्यक्ष र पत्रकार मिलेर गाउँपालिकामा काम गर्ने वातावरण बिगारेको आरोप लगाएका छन् । हप्ता दिनदेखि गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता वितरणदेखि अन्य विकास निर्माणका कामको भुक्तानी नगरेको समाचार प्रकाशित भएपछि मिडियाप्रति उपाध्यक्ष सविताकुमारी रोकायलगायत केही वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको बचाऊ गर्दै विज्ञप्ति निकालेका हुन् ।

साउनदेखि अहिलेसम्म मुड्केचुलामा सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन । करारमा भर्ना गरिएका कर्मचारीको समेत म्याद नथप्नेलगायत काम हुँदै आएको बताइएको छ । ‘सामाजिक सुरक्षा भत्ता वितरण भएको छैन, मिडियामा आएका कुरा सत्य हुन्, अब म के गरौं ?’ गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले भने ।

salt training

कमेन्ट गर्नुहोस्