१० साउन २०८३, आइतबार

भाजपाले उत्तर प्रदेशमा योगी आदित्यनाथलाई नै मुख्यमन्त्रीको उम्मेदवार बनाउने

जेठ २६, २०७८
भाजपाले उत्तर प्रदेशमा योगी आदित्यनाथलाई नै मुख्यमन्त्रीको उम्मेदवार बनाउने

भारतको उत्तर प्रदेशमा भारतीय जनता पार्टीका प्रमुख स्वतन्त्र देव सिंहले मुख्यमन्त्रीका रूपमा योगी आदित्यनाथलाई नै अघि सारेर अर्को वर्षको विधानसभा निर्वाचन लड्ने बताएका छन् । 

‘उत्तर प्रदेशको चुनाव योगीजीको नेतृत्वमा नै लडिनेछ,’ उनले भने । 

चुनावअघि नेतृत्व परिवर्तन गरिने भनी चलेका अनुमानलाई यस भनाइले विराम लगाइदिएको छ । 

भाजपामा प्रधानमन्त्री नरेन्द्र मोदीको निकट मानिने पूर्व सरकारी कर्मचारी एके शर्मालाई राज्यको मन्त्रिपरिषदमा स्थान दिने र महत्त्वपूर्ण जिम्मेवारी सुम्पिने हल्ला चलेको थियो । उनले योगी आदित्यनाथलाई विस्थापित गर्ने अनुमान थियो ।

सिंहका अनुसार, पार्टी कार्यकर्ताहरूलाई राज्यभरि छरिन भनिएको छ र मोदी तथा योगीकै अनुहार देखाएर चुनाव लड्नका लागि माहोल बनाउन भनिएको छ । 

पार्टी कार्यकर्ताहरू गाउँगाउँ जानेछन् र मोदी तथा योगी सरकारको कार्यक्रम र उपलब्धिलाई हाइलाइट गर्नेछन् । पार्टी कामदारहरूको कठोर मेहनतमा निर्भर रहनेछ । 

स्वतन्त्र देव सिंहले योगी सबभन्दा लोकप्रिय तथा मेहनती मुख्यमन्त्री भएको भन्दै प्रशंसा गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्