०९ असार २०८३, मंगलबार

आगलागीमा घाइतेको उपचारका क्रममा मृत्यु

जेठ २६, २०७८
आगलागीमा घाइतेको उपचारका क्रममा मृत्यु
प्रतिकात्मक तस्वीर

सोमवार राति आगलागीमा परी घाइते भएकी पाँचथरकी १ वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।

सोमवार राति आफ्नै घरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएकी फिदिम नगरपालिका–४ जोरसालकी ७२ वर्षीया तनमाया सापकोटाको उपचारका क्रममा गएराति मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार सापकोटाको झापाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेकामा सोमवार राति १ बजे चिकित्सकले सापकोटालाई मृत घोषित गरेको हो । आगलागीमा सापकोटा गम्भीर घाइते भएकी थिइन् ।

आगलागीमै घाइते भई उपचाररत तनमायाका छोरा दीननाथ र नाति मदन सापकोटाको समेत सोही अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबै काजकिरीयामा बसेका बखत ग्यास चुहिएर आगलागी भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्