०४ असार २०८३, बिहीबार

भारत : जेसीबीमा बसेर नदी पार गर्दै चिकित्सकहरू

जेठ २६, २०७८
भारत : जेसीबीमा बसेर नदी पार गर्दै चिकित्सकहरू

कोरोना महामारी फैलिरहेको बेलामा सबभन्दा बढी दुःख चिकित्सकहरूले पाइरहेका छन् । 

यसैबीच लद्दाखमा चिकित्सकहरूको एक समूह जेसीबीमा चढेर नदी पार गरिरहेको तस्वीर सार्वजनिक भएको छ । लद्दाखको दुर्गम भेगमा रहेको गाउँ पुग्ने बाटो नभएकाले पीपीई किट लगाएर चिकित्सकहरू जेसीबीको दाँतेमा बसेर नदी पारेका हुन् । 
 

लद्दाखका सांसद छिरिङ नामग्यालले ट्विटरमा राखेको तस्वीरमा चारजना स्वास्थ्यकर्मी जेसीबीको अग्रभागमा बसेको देखिएको हो । 

लद्दाखमा कोभिडका कारण १९५ जनाले ज्यान गुमाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्