०४ असार २०८३, बिहीबार

कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन प्रदेश २ मा मन्त्रालय फुटाएर ११ पुर्‍याइयो

कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन प्रदेश २ मा मन्त्रालय फुटाएर ११ पुर्‍याइयो
फाइल फोटो

नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय टुक्र्याएर ११ बनाएका छन् । यसअघि ७ वटा मन्त्रालय रहेकोमा अहिले ११ वटा बनाइएको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई टुक्राएर एउटा आन्तरिक मामिला र सञ्चार तथा अर्को कानून न्याय तथा प्रदेश सभा मन्त्रालय बनाइएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर महिला बालबालिका, युवा र खेलकुद मन्त्रालय बनाइएको छ ।

सरकारमा सहभागी हुन कांग्रेसले ५ र माओवादी केन्द्रले ३ मन्त्रालय मागेपछि मुख्यमन्त्री दबाबमा थिए ।

जसपाको महन्थ ठाकुर पक्ष केन्द्रमा सरकारमा सहभागी भएपछि मुख्यमन्त्री राउतले ठाकुर पक्षका मन्त्रीलाई बर्खास्त गरेका थिए ।

नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन जसपा अध्यक्ष उपेन्द्र यादव स्वयं जनकपुर पुगेर कांग्रेस नेताहरूसँग छलफल गरेका छन् । 

माओवादी केन्द्रले पनि सरकारमा सहभागी हुने तयारी गरेको छ । 

पार्टीका सांसदलाई मनाउन र कांग्रेस तथा माओवादीका सांसदहरूको चित्त बुझाउन अधिकांश मन्त्रालयमा राज्यमन्त्री समेत राख्नेगरी मन्त्रिपरिषद् विस्तारको तयारी भएको स्रोतले बतायो । 
 

salt training

कमेन्ट गर्नुहोस्