०७ असार २०८३, आइतबार

करेन्ट लागेर बालकको मृत्यु

करेन्ट लागेर बालकको मृत्यु
सांकेतिक तस्वीर

विर्तामोड नगरपालिका–१० ठुटेबर चोकमा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

गुरुङको बन्दै गरेको घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुन पुग्दा बालकलाई करेन्ट लागेको थियो ।

घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

छ दिनअघि मात्र कचनकवल गाउँपालिका–६ का ४० वर्षीय डोलु आलम मियाको पानी खाने क्रममा पानी तान्ने मोटरबाट नै करेन्ट लागि मृत्यु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्