भारतको जम्मुमा रहेको वैष्णोदेवी मन्दिरमा मंगलवार भयनाक आगलागी भएको छ ।
मन्दिर नजिकैको कालिक भवनको काउन्टर २ मा अचानक आगो लागेको थियो । राहत र उद्धारको काम तत्काल थालिएको थियो ।
दुर्घटनामा कुनै हताहती भएको छैन ।
आगो लागेको स्थान वैष्णोदेवीको प्राकृतिक गुफाबाट लगभग १०० मिटर पर छ । आगोका लप्काहरू निकै टाढाको भैरो घाटीबाट समेत देखिएको थियो ।
शर्ट सर्किटका कारण आगो लागेको बताइएको छ ।
नगद गन्ने कोठामा आगो लागेपछि भवनलाई निकै क्षति पुगेको बताइएको छ ।
अपराह्न सबा ४ बजे आगो लागेको र ५ बजे नियन्त्रणमा लिइएको खबर छ ।