०९ असार २०८३, मंगलबार

भारतमा १८ हात्तीमा कोरोना परीक्षण, नतिजा आउन केही दिन लाग्ने

भारतमा १८ हात्तीमा कोरोना परीक्षण, नतिजा आउन केही दिन लाग्ने
सांकेतिक तस्वीर

भारतमा २८ ओटा हात्तीमा कोरोनाभाइरसको परीक्षण गरिएको छ । 

जनावरहरूलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको हुन सक्ने आशंकामा मंगलबार उनीहरुको कोरोना परीक्षण गरिएको हो ।

दक्षिण भारतको तमिलनाडु प्रदेशमा पर्ने चेन्नईमा रहेको मुडुमालै टाइगर रिसोर्टमा रहेका २८ हात्तीको कोरोना परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।

परीक्षणका लागि निकालिएको उनीहरुको स्वाब उत्तर प्रदेश अन्तर्गतको भारतीय भेटेनरी अनुसन्धान संस्थामा पठाइएको जनाइएको छ । 

परीक्षणको नतिजा केही दिनमा आउने अपेक्षा गरिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । 

यसअघि सोही रिसोर्टमा कोरोनाका कारण एउटा सिंह मरेको र अन्य केही सिंहहरू बिरामी भएका थिए ।

त्यसपछि प्रदेशका वनमन्त्री रामचन्द्रले रिसोर्टमा रहेका सबै हात्तीको कोरोना परीक्षण गर्न निर्देशन दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्