
नेपाली कांग्रेस ३ मन्त्रालयसहित आजै बुधवार २ नम्बर प्रदेश सरकारमा जाने भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालसँग सहमति भएपछि सरकारमा जान लागेको कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले जानकारी दिए ।
कांग्रेसले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय पाएको छ ।
कांग्रेस संसदीय दलको नेता रामसरोज यादवले भौतिक पूर्वाधार मन्त्रालय, ओमप्रकाश शर्माले ऊर्जा मन्त्रालय र वीरेन्द्र सिंहले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
नयाँ मन्त्रीहरूको शपथ आजै साँझ साढे ७ बजे हुने तय भएको यादवले लोकान्तरलाई जानकारी दिए । २ नम्बर प्रदेशमा जसपाको उपेन्द्र यादव पक्षका लालबाबु राउत मुख्यमन्त्री रहेका छन् ।
