
बझाङको गडाला सामुदायिक वनमा भरुवा बन्दुकका साथ १ जना मृत फेला परेका छन् ।
खप्तडछान्ना गाउँपालिका–४ खत्री गाउँका अन्दाजी ३५ वर्षीय डम्बरबहादुर खत्री जेठ २४ गते जंगल गएका र उनको परिवारले खोजी गर्दा जेठ २५ गते मृत अवस्थामा फेला पारेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङले खत्रीको नजिकै भरुवा बन्दुक भेटिएको र उनको बायाँ कञ्चडामा गोली लागेर टाउको छेडेको जनाएको छ ।
मृत खत्रीको जिल्ला अस्पताल बझाङमा पोस्टमार्टम भएर मृतकका आफन्तले शव लगेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।