१२ असार २०८३, शुक्रबार

विमानस्थलको अनुगमनमा पुगे मन्त्री

विमानस्थलको अनुगमनमा पुगे मन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले त्रिभुवन विमानस्थलमा भएका कमी कमजोरीहरूलाई सुधार्दै जाने बताएका छन् ।
बुधबार  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन पछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री अरगरियाले त्रिभुवन विमानस्थलको अवस्था पहिलेको भन्दा सुधार भएको उल्लेख गर्दै बाँकी कमि कमजोरीहरुलाई सुधार्दै अगाडी बढ्ने बताएका हुन् । उनले भने, ‘पहिले त जताततै फोहोर यताउता थियो । डेकोरेशनको कुरा त बेग्लै हो । तर पहिलेको अपेक्षामा धेरै सुधार छ । केही कमजोरी हामी सल्ट्याएर अघि बढ्छौँ ।’

उनले विश्व स्वास्थ्य संगठनको नियमभित्र रहेर बिस्तारै आन्तरिक उडान खोल्ने निर्णय गर्ने बताए ।  विमानस्थलको सरफाइका लागि गाइडलाइन बनाएको भन्दै उनले कर्मचारीको उपस्थिति र कामको निगरानी गर्ने पनि बताए । लगेजको सुरक्षालाई पनि कडाइका साथ हेरिने मन्त्री अरगरियाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्