०१ असार २०८३, सोमबार

पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

जेठ २७, २०७८
पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ । 

निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए ।

उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् । उनका दुई छोरा र एक छोरी छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्