
म्यान्मारको अपदस्थ नेता आङ सान सू ची तथा अन्य अधिकारीहरूलाई सैन्य जुन्ताले भ्रष्टाचारको औपचारिक आरोप बिहीवार लगाएको छ ।
उनले पदको दुरुपयोग गर्दै भ्रष्टाचार गरेकोमा दोषी पाइएको सेनाले एक वक्तव्य प्रकाशन गरेर जनायो ।
यस कसूरका लागि उनलाई १५ वर्षसम्मको कारावास सजाय दिइन सक्नेछ ।
सू चीविरुद्ध अन्य पनि फौजदारी आरोपहरू छन् र यी राजनीतिक रूपमा अभिप्रेरित रहेको उनका साझेदारहरूको भनाइ छ । उनले अवैध रूपमा वाकीटकी रेडियो राखेको र आधिकारिक गोप्यता ऐन उल्लंघन गरेको आरोप पनि छ ।
फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेदेखि नै सू चीलाई हिरासतमा लिएको छ ।
सुरक्षाकर्मीहरूले सयौं कार्यकर्ताको हत्या गरिसकेका छन् र अन्य हजारौंलाई पक्राउ गरेका छन् ।