भारतको उत्तर प्रदेश राज्य महिला आयोगकी अध्यक्ष मीना कुमारीले बिहीवार मिडियासँग कुरा गर्दै विवादास्पद बयान दिएकी छन् ।
अलीगढ लगायत राज्यका विभिन्न स्थानमा बलात्कारको घटना बढिरहेको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भनिन्, ‘छोरीहरू कता जाँदैछन् भनेर पनि समाजले हेर्नुपर्ने हुन्छ । युवतीहरू युवकहरूसँग मोबाइलमा घन्टौंसम्म बोल्छन् अनि बिहे गर्नका लागि भागेर जान्छन् । म त सबैलाई यो कुरा भन्छु ।’
उनले थपिन्, ‘छोरीहरूको मोबाइल फोन पनि चेक गर्नुपर्छ ।’