
केही दिनअघि ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा सहभागी भएको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले सरकारमा थप १ मन्त्रालय पाएको छ ।
बिहीवार हुन लागेको मन्त्रिपरिषद् विस्तारमा राजकिशोर यादवले मन्त्री पदको शपथ लिँदैछन् ।
राजकिशोरलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ । यो मन्त्रालय राजेन्द्र महतोले रोजेका थिए ।
महतोले भने जेठ २१ गते नै उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालयमा पदभार ग्रहण गरिसकेका छन् । राजकिशोरले सञ्चार मन्त्रालयमा दाबी गरिरहेका थिए ।