०५ असार २०८३, शुक्रबार

मार्क जकरबर्गले कानमा प्रोटेक्टर राखेर भाला फ्याँकेको भिडियो बनाए, उड्यो मजाक

जेठ २७, २०७८
मार्क जकरबर्गले कानमा प्रोटेक्टर राखेर भाला फ्याँकेको भिडियो बनाए, उड्यो मजाक

फेसबूकका संस्थापक मार्क जकरबर्गले कानलाई चर्को आवाजबाट जोगाउने ईयर प्रोटेक्टर राखेर भाला हानेको स्लो मोसन भिडियो अप्लोड गरेपछि सामाजिक सञ्जालमा मजाक उडाइएको छ । 

उनले सोमवार उक्त भिडियो क्लिप यस्तो क्याप्सनका साथ राखेका हुन् : मसँग विशेष किसिमको क्षमता छ । टेकन भन्ने फिल्मको डाइलोग उनले राखेका हुन् । 

भाला हान्दा खासै आवाज आउँदैन अनि किन कान जोगाउने कुरो राख्नुपरेको हो भन्दै सामाजिक सञ्जालमा मार्कको मजाक उडाइएको हो । 

खासमा ईयर प्रोटेक्टर गोली चलाउने अभ्यासका क्रममा लगाइने गरिन्छ । 

यो भिडियो कहाँ खिचिएको भन्ने थाहा हुन सकेको छैन । जकरबर्गसँग क्यालिफोर्नियाको पालो अल्टो र हवाईमा घरजग्गा छन् । 

salt training

कमेन्ट गर्नुहोस्