दुब्लाएछन् किम जोङ उन !

उत्तर कोरियाका सर्वोच्च शासक किम जोङ उन यसै साता सार्वजनिक स्थानमा लामो समयपछि देखिँदा पहिलेको भन्दा पातला देखिएका छन् । विशेषगरी उनको हातको घडी हातमा चिपिक्क नटाँसिएकाले तौल घटेको अनुमानलाई बल पुगेको हो । 

सोमवार उनले आर्थिक विषयमा भएको बैठकमा भाग लिएको बेलामा तस्वीर लिइएको हो । 


Advertisement

तस्वीर सार्वजनिक भएपछि उनको स्वास्थ्यका विषयमा विभिन्न अनुमान गर्न थालिएका छन् । उनी गम्भीर बिरामी भएकाले सार्वजनिक समारोहमा नदेखिएको बताइएको थियो । पोहोर साल त उनको मृत्युको हल्ला पनि चलेको थियो । 

उनले पार्टीमा पनि पुनर्गठन गर्दै बहिनी यो जोङलाई आफूभन्दा ठीक मुनिको पद दिन लागेकाले पनि उनको स्वास्थ्य राम्रो छैन कि भनी अनुमान गरिएको हो । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्