
प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त मन्त्रालयमा मन्त्रीहरू नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् हेरफेर गरेकी हुन् ।
बिहीवार गृहमन्त्रीमा नियुक्त भएका खगराज अधिकारीलाई पाँचौं नम्बरको वरियता दिइएको छ । प्रधानमन्त्री, ३ उपप्रधानमन्त्रीपछि पाँचौ नम्बरमा अधिकारी छन् ।
पटक–पटक मन्त्री बनेका ऊर्जामन्त्री शरतसिंह भण्डारी खगराजभन्दा पछिको वरियतामा राखिएका छन् ।
पहिलो पटक मन्त्री बनेकी नैनकला थापालाई मन्त्रिपरिषद्मा १४ औं वरियता दिइएको छ । बिहीवार थपिएका राजकिशोर यादवलाई दशौं वरियता दिइएको छ । २५ औं नम्बरमा वन राज्यमन्त्री बनेकी आशाकुमारी विक छन् ।
नवनियुक्त मन्त्रीहरूको शपथ बिहीवार अपराह्न हुने कार्यक्रम राखिएको छ ।
