१८ असार २०८३, बिहीबार
प्राथमिकतामा प्रदेश २

संघीय सरकारमा प्रदेश २ का मन्त्रीको बहुमत, २५ मध्ये १३ जना मधेशका मन्त्री !

जेठ २७, २०७८
संघीय सरकारमा प्रदेश २ का मन्त्रीको बहुमत, २५ मध्ये १३ जना मधेशका मन्त्री !

संघीय सरकारमा प्रदेश २ का मन्त्रीहरूको बहुमत पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २५ सदस्यीय मन्त्रिपरिषद्मा १३ जना त प्रदेश २ का मात्र छन् । त्यसमध्ये १२ जना मधेशी समुदायका मन्त्री छन् ।

प्रदेश २ बाट जसपाका मात्र १० जना छन् । एमालेबाट ३ जना मन्त्री रहेका छन् ।

नेकपा एमालेका तर्फबाट धनुषाबाट प्रतिनिधित्व गर्दै रघुवीर महासेठ उपप्रधानमन्त्री सहित परराष्ट्रमन्त्री बनेर तेस्रो वरीयतामा छन् । त्यसैगरी एमालेबाट सिरहा जिल्लाको प्रतिनिधित्व गर्दै लीलानाथ श्रेष्ठ कानून, न्याय तथा संसदीय मामिला मन्त्री छन् । १३ औं वरीयतामा रहेका उनी यसअघि पनि मन्त्री थिए ।

२ नम्बर प्रदेश सभामा माओवादीको तर्फबाट प्रदेश सभा सदस्य बनेकी ज्वाला कुमारी साहलाई पनि मन्त्री बनाइएको छ।

माओवादी पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका कारण प्रदेश सभामा सांसदबाट पद मुक्त भएकी बाराकी साहलाई उपहार स्वरूप संघीय सरकारमा कृषि तथा पशुपंक्षी विकास मन्त्री बनाइएको हो । उनको वरीयता १५ औं स्थानमा छ ।

त्यसैगरी जसपाबाट प्रतिनिधित्व गर्दै धनुषाका सांसद राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री छन् ।

चौथो वरीयतामा रहेका महतो यसअघि सर्लाहीबाट प्रतिनिधित्व गर्ने गरेको भए पनि पछिल्लो प्रतिनिधि सभा चुनावमा धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाट जितेका थिए ।

नेपाली कांग्रेसका अहिलेको उपसभापति विमलेन्द्र निधिलाई महतोले पराजित गरेका थिए।

महोत्तरीबाट प्रतिनिधित्व गर्ने शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री छन् । पटक-पटक मन्त्री बनेका भण्डारीको वरीयताक्रम छैटौ स्थानमा छ। रौतहटबाट प्रतिनिधित्व गर्ने अनिल कुमार झा खानेपानी मन्त्रीको रुपमा आठौं वरीयतामा छन् ।

सिरहा जिल्लाबाट प्रतिनिधित्व गर्ने जसपाका नेता राजकिशोर यादव १० औं वरियतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छन् ।

जसपाको कोटाबाट यसअघि उनलाई मन्त्री बनाइएको थिएन। आज दोस्रो चरणको मन्त्रिपरिषद् पुनर्गठनमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कोटाबाट यादवलाई मन्त्री बनाएका हुन् ।

प्राविधिक रूपले जसपाका नेता भए पनि उनलाई आगामी दिनमा एमालेबाट चुनाव लडाउने तयारीसहित ओलीले मन्त्री बनाएको विश्लेषण गरिएको छ।

हेर्नुहोस्, विस्तारित मन्त्रिपरिषद् :

salt training

कमेन्ट गर्नुहोस्