
नेपाली कांग्रेसका युवा गणेश लामालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
डनको छवि बनाएका लामालाई प्रहरीले लेकसाइडको खहरेबाट बिहीवार पक्राउ गरेको हो ।
खहरेस्थित पोखरा बुटिकमा बसेका उनी भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका बेला प्रहरीले घेरा हालेर पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता सुभाष हमालले बताए । उनलाई सोधपुछका लागि वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीवार प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची रहेको बेला लामाले प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गेलाई फकाउन आएको बुझिएको छ ।
उनको पोखरा आगमनलाई राजनीतिक चलखेल गर्न आएको आशंका छ । सोही आशंकाबीच युवा तथा खेलकुद मन्त्री मनाङेले पृथ्वीसुब्बालाई सघाएनन् । उनी संसदमा अनुपस्थित रहेका छन् ।