१४ असार २०८३, आइतबार

यस गाउँका मानिसको जमिनका साथसाथै रुखमा छ घर, कारण यस्तो

कात्तिक २०, २०७४
यस गाउँका मानिसको जमिनका साथसाथै रुखमा छ घर, कारण यस्तो

काठमाडौं— भारतको झारखण्ड राज्यको राजधानी राँचीमा एउटा गाउँका मान्छे रुखमा बस्न बाध्य भएका छन् । यसको कारण सुन्नुभयो भने छक्क पर्नुहुन्छ ।

phpthumb_generated_thumbnail

खासमा हात्ती आतंकका कारण गाउँलेहरू रुखमा बस्न बाध्य भएका हुन् । हात्तीहरूले गाउँको जमिनमा रहेका सबै फसल नष्ट गरिदिएका छन् । उनीहरूको घर पनि हात्तीले भत्काइदिएका छन् ।

बुँदु गाउँको लोहारटोलामा बस्ने १५ परिवार रुखमा बस्न बाध्य भएका हुन् । हात्तीले नकुल्चियोस् भनेर उनीहरू रुखमा रात बिताउन बाध्य छन् । अघिल्लो वर्ष हात्तीहरूले उनीहरूको घर ध्वस्त पारेका थिए ।

यसबीचमा करीब १५४ हात्तीहरूको मृत्यु भइसकेको छ ।

पशुविज्ञहरूका अनुसार हात्तीको दोष छैन । उनीहरू ओहोरदोहोर गर्ने ठाउँमा मान्छेले घर बनाएकाले हात्तीले भत्काइदिएका हुन् ।

हात्तीहरू मस्तमौला तवरले घुम्ने भएकाले राँची जमशेदपुर राजमार्गमा ट्राफिक जाम हुने गरेको छ ।

पूरै झारखण्ड राज्यमा हात्ती आतंक व्याप्त छ । सन् २००० मा बिहारबाट छुट्टिएर अलग राज्य बनेदेखि झारखण्डमा हात्तीको आक्रमणमा परी हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

पत्रिका डट्कम

salt training

कमेन्ट गर्नुहोस्