०१ असार २०८३, सोमबार

फ्रान्सका राष्ट्रपतिलाई थप्पड हान्ने व्यक्तिलाई चार महिना कारावास सजाय

जेठ २८, २०७८
फ्रान्सका राष्ट्रपतिलाई थप्पड हान्ने व्यक्तिलाई चार महिना कारावास सजाय

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंलाई थप्पड हान्ने डेमिएन टारेललाई त्यहाँको एक अदालतले चार महिनाको कारावास सजाय दिएको छ । 

उनलाई अन्य सजाय पनि दिइएको छ । 

बिहीवार ती २८ वर्षीय व्यक्ति अदालतमा उपस्थित भएका थिए । उनीमाथिको सुनुवाइ निकै द्रुत गतिमा गरिएको थियो । उनीविरुद्ध सार्वजनिक अधिकारीलाई आक्रमण गरेको आरोप छ जसको सजाय अधिकतम तीन वर्षको कारावास सजाय र ४५ हजार युरोको जरिवाना हुन्छ । 
 

अभियोजनकर्ताहरूले उनका लागि १८ महिनाको कारावासज सजायको मागदाबी गरेका थिए र अन्य जरिवाना पनि लगाउन माग गरेका थिए । 

अदालतले उनीहरूको कुरा मान्दै उनलाई चार महिना कारावास बस्न अनि १४ महिना श्रम गर्न, मनोवैज्ञानिक परामर्श लिन तथा कानून तोड्ने कुनै पनि काम नगर्न आदेश दिएको छ । 

उनले अबको पाँच वर्षसम्म हतियार बोक्न पाउने छैनन् । तीन वर्षसम्म उनले सरकारी जागिर खान पाउने छैनन् र अन्य नागरिक अधिकार पनि उपयोग गर्न पाउने छैनन् । 
 

टारेलले राजनीतिक उद्देश्यका साथ म्याक्रोंलाई थप्पड हानेको बताए । फ्रान्सको पतनलाई म्याक्रोंले प्रतिनिधित्व गरेको र उनलाई दण्ड दिनका लागि थप्पड नै उपयुक्त भएको तर्क उनले गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्